भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ । आईतवार झापामा सञ्चारकर्मीमाझ उहाँले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने बताउनुभएको हो । अध्यक्ष लिङदेनले आफूहरुले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।











