छिमेकी राष्ट्रहरुले सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गरे, सरकार दृढताका साथ उभिनुपर्छः सभामुख घर्तिमगर

संवाददाता
२०८२ भाद्र १५, आईतवार १६:०९

लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भू–सीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताउनुभएको छ । आईतवार नवलपरासीको सुस्ता अवलोकनका लागि जानुभएका उहाँले यस्तो बताउनु भएको हो । उहाँले छिमेकी राष्ट्रहरुले नेपालसँगको सीमा विवादको विषयमा अन्तर्राष्ट्रिय मान्यताविपरित व्यवहार गरिरहेको आरोप समेत लगाउनु भयो । उहाँले सन्धिका बखत जुन ठाउँबाट नदी बगिरहेको छ त्यही ठाउँलाई सीमा मान्नुपर्ने भएपनि छिमेकी राष्ट्रहरु चीन र भारतले अटेर गरिरहेको भन्दै सीमा रक्षाका लागि सरोकारवाला सबै दृढताका साथ उभिनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*