बन्दीपुरलाई आकर्षक गन्तव्य बनाऔँः अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बन्दीपुरलाई अरु कसैले नबनाइदिने बताउनुभएको हो । राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्याले बनाउन उहाँले बन्दीपुरवासीलाई आग्रह गर्नुभयो । बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले हाल बन्दीपुर पुनःजीवित भएको बताउनु भयो । फुलेफक्रेको बन्दीपुर एक समयमा ओइलाएको उहाँको भनाई थियो ।











