२०७२ को भूकम्पले भत्किएका सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसक्यौँः प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताउनुभएको छ । सिजन मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले यस्तो दाबी गर्नुभएको हो । उहाँले मुलुकमा काम गर्न निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागिपरेको बताउनु भयो । महानगर प्रमुखको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको उल्लेख गर्दै महर्जनले ललितपुर महानगरको सबै क्षेत्रको विकासका लागि तदारुकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।











