उपसभामुख इन्दिरा रानाः ‘आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित’
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संवैधानिक परिषद्मा नेपाली काँग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताउनु भयो । उहाँले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘संवैधानिक परिषद्मा काँग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्’ उहाँको दृढ अडान छ ।











