भीमफेदीमा एमालेले बढायो आफ्नो गतिविधि
मकवानपुर, नेकपा (एमाले)ले भीमफेदी गाउँपालिकामा आफ्नो गतिविधि बढाएको छ ।
एमालेको जनतासंग घर, टोलमा पुगेर संवाद गर्दै गुनासाहरु सुन्ने, सुझावहरु संकलन गर्ने तथा आफ्ना विषय वस्तु जनतालाई वताउने गरि सकृयता बढाएको हो ।
एमालेको भीमफेदी पालिका कमिटीका उपसचिव आशिष अस्लामीले वताए अनुसार अहिले पार्टीको वैचारिक तथा नीति कार्यक्रम बारे कार्यकर्ता प्रशिक्षण र पार्टीलाई फङ्सनमा राख्नका लागि बैठक, भेला तथा कार्य योजना निर्माण गरि त्यसको कार्यान्वयनलाई जोड दिईएको छ ।
गएको श्रावण ३० गते पालिका कमिटीको वैठक बसी निर्माण गरिएका कार्य योजना अनुसार हाल सम्म ९ वटा वडा मध्य ७ वटा वडामा अभियानहरु संचालन भई रहेका छन् । बाँकी रहेका वडा नं. ४ र ८ मा पनि केहि दिनमा अभियानको सुरुवात हुने अस्लामीले वताए । उनका अनुसार अहिले भीमफेदीका टोल कमिटीहरु पनि विभिन्न समाजिक कामहरु तथा जनता संग प्रत्यक्ष जोडिने काममा सकृय रहेका छन् ।











