नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

संवाददाता
२०८२ भाद्र १९, बिहीबार १२:२९

काठमाडौं, १७ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद् बैठकले डीआईजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गर्ने सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आज (बुधबार) आईजीपी थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेका खापुङ, आचार्य र पोखरेल महानिरीक्षक थापाका व्याचमेट हुन् । त्यसैगरी, कार्की, अधिकारी र डा.केसी २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*