लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली

संवाददाता
२०८२ भाद्र २०, शुक्रबार १५:५९

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताउनुभएको छ । आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमती जनाएको बताउनुभएको हो । शुक्रवार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरुमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरुमा पनि समावेश गरिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*