शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न तयार छौंः शिर्ष क्लव

संवाददाता
२०८२ भाद्र ३१, मंगलवार १२:५६

शहीद स्मारक ‘ए’ डिभिजन क्लवहरूले नेपाली फुटबलको प्रशासकीय निकायले शिर्ष डिभिजनको लिग गराउँदा आफूहरू खेल्न तयार हुने बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले क्लवहरूसँग छलफल गर्दै तयारीमा पनि थालेको छ । सोमवार एन्फासँगको छलफलका क्रमका हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाले ‘ए’ डिजिभन लिग गरेको खण्डमा आपूmहरू खेल्न तयारी हुने बताएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाका अध्यक्ष शेर्पाले शिर्ष डिभिजन लिग हुन्छ या हुँदै भन्ने जवाफ एन्फासँग मात्र रहेको बताएका छन् । उनले लिगको मिति तय गर्नुअघि नै स्टेडियमबारे तय गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*