तिनाउ नदीमा बाढी बढ्दै गएपछि शतर्क रहन आग्रह

संवाददाता
२०८२ आश्विन १, बुधबार १३:२५

बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो । तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*