जेन–जी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम
जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका घाइतेहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार बुधवार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । उहाँले उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।











