जेन जी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

संवाददाता
२०८२ आश्विन २, बिहीबार ११:५७

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो । बिहीवार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*