जेन-जी आन्दोलनमा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी

संवाददाता
२०८२ आश्विन २, बिहीबार १४:१५

जेन जी आन्दोलनका क्रममा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ । भदौ २३ रु २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा यि घटनाहरु भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरु जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताउनु भयो । उहाँकाअनुसार प्रदेश निर्वाचन कार्यालय मोरङको कार्यालयमा तोडफोड र सामग्रीहरु चोरी भएको, जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यालयमा आगजनी र सामान चोरी भएको साथै मोटरसाइकल जलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*