जिर्ण आयोजनाको ठेक्का तोड्न सूचि बन्दै
सरकारले जिर्ण आयोजनाको ठेक्का तोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जिर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको हो । त्यसका लागि जिर्ण आयोजनाहरुको सूचि तयार गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई तत्काल सूचि तयार गरी पेश गर्न निर्देशन दिनुभएको छ ।











