टुँडिखेलमा मनाइयो संविधान दिवस
काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । शुक्रवार बिहान टुँडिखेलमा एक समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास गरेका छन् । सुरक्षा निकायहरुले ब्याण्ड प्रदर्शन समेत गरेका छन् ।











