मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

संवाददाता
२०८२ आश्विन २८, मंगलवार १६:२०

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्

मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन्

मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो

मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सिंह अल्पमतमा परेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*