सीके राउतबाट फुटेको पार्टीलाई आयोगले दियो मान्यता

संवाददाता
२०८२ आश्विन २८, मंगलवार १६:२३

काठमाडौं । डासीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ।

मंगलबार निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो।

पार्टीको अध्यक्षमा दीपककुमार साह छन्। जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ।

जनमतले पार्टी रहेका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि विवाद भएको थियो।

लामो समयको विवादपछि पार्टीका केही नेताले औपचारिक रूपमा विभाजनको बाटोमा रोजेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*