रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता

संवाददाता
२०८२ आश्विन २८, मंगलवार १६:४८

रौतहट । रौतहटमा ४ लाख भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन।

जिल्ला निर्वाचन कार्यालय गौरमा अहिले दुई वटा स्टल राखेर मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामाबली दर्ताको कार्य भइरहेको छ। रौतहटको चार निर्वाचन क्षेत्रमा ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए।

उनका अनुसार पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेश्रो लिंगी एक जना छन। नेपाल सरकारले २०८२ फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको मिति घोषणा भएपछी असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामाबली दर्ता गरेको उनले जानकारी दिए।

उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछी ६ हजार २ सय मतदाता थपिएको बताए। निर्वाचन आयोगको केन्द्रिय निर्देशन अनुसार नै कार्यालयले काम अघि बढाएको उनले उल्लेख गरे। यद्यपि तोकिएको समयमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा यहाका बासीको मिश्रित प्रतिक्रिया छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*