दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन—जी रेडफोर्स संयोजक तिमिल्सिना

संवाददाता
२०८२ कार्तिक १०, आईतवार १४:५८

नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्नुहुँदै सरकारले छानविन गर्नुपर्ने बताउनु भयो । छानविनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उहाँको भनाई छ । उहाँले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउनले बताउनु भयो । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार नसहने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*