नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाउनुभएको ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ । २०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पु¥याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०÷८१ मा नै काम थालेको छ । नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ । काठमाडौंबाट करिव ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढहरूलाई लगाएर निर्माण गर्नुभएको थियो । मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो । जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो ।











