माओवादीसँग पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ, ओलीले एकता भाँड्न घर फर्किनुस् भनेः जगन्नाथ खतिवडा

संवाददाता
२०८२ कार्तिक १५, शुक्रबार १५:१२

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गर्नुभएको छ । शुक्रवार केन्द्रिय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको बताउनु भयो । उहाँले बैठकमा सम्मानित नेता खनालले एकता नगरौँ भन्ने सुझाव दिनुभएको भएपनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने दाबी गर्नुभयो । माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई आफूहरुले पनि मान्ने गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*