सरकारले राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसक्नुको कारणबारे स्पष्ट पार्नुपर्छः राष्ट्रिय सभाका सांसदहरु
राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुका कारणहरु स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनीहरुले सम्पन्न हुनै लागेका सो आयोजनाहरु पूरा गर्ने दिशामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराएका छन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाबारे पुनरावलोकन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।











