हामीले भाग लिन नपाए निर्वाचन हुँदैनः रेशमलाल चौधरी
नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिनुभएको हो । संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकीर समेत गर्नुभयो । उहाँले कुनैपनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताउनु भयो ।











