मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु
छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु भएको छ । सामा चकेवा पर्वको सुरिला गीतहरुले मिथिलाञ्चलाई सुरीलो बनाइरहेको छ । भाई बहिनीको स्नेहको पर्व सामा चकेवाले पूरा मिथिलाञ्चलकै वातावरणलाई मनमोहक बनाउने गर्छ । मिथिलाको पारम्परिक पर्वको रुपमा रहेको सामाचकेवा छठको खरना अर्थात कार्तिक शुक्ल पञ्चमी तिथिबाट शुरु भई पूर्णिमा तिथि अर्थात दश दिनसम्म रातिमा छरछिमेकमा रहेका दाजुभाई हुने दिदिबहिनीहरुले सामुहिक रुपमा खेल्ने गर्दछन् ।











