३८५ वर्ष पुरानो कार्तिक नाच (तस्बिरहरु)
नेपालको सांस्कृतिक इतिहासमा अमिट छाप छोड्ने ३ सय ८५ वर्ष पुरानो कार्तिक नाच यस वर्ष पनि पाटन दरबार डबलीमा भव्य रूपमा सम्पन्न भएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले विक्रम संवत १६९७ मा शुरु गर्नुभएको यो पौराणिक नाच विष्णु पुराणको नृसिंह अवतार कथामा आधारित छ । कात्तिक महिनाभर सञ्चालन हुने यो नाचलाई छोटकरीमा कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म सीमित गरिएको छ । तर यसका मुख्य तीन दिनका नाट्य प्रदर्शनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका छन् ।











