माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु
नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुनेछ ।











