राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताउनु भयो । पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने बताउनु भयो ।











