बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ले दियो चेतावनी
‘जेन–जी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ । अलायन्सले आआईतवार एक विज्ञप्ती जारी गर्दै बसोवास उठाएर द्वन्द्व सिर्जना गर्न भन्दा पनि समस्या समाधानको बाटो अप्नाउन सुझाएको हो । भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन गर्दै आएकोमा उनीहरूमाथि निरन्तर प्रहार र सास्ती दिदै देशभित्रै आप्रवासी जस्तो व्यवहार गरी बास खोस्ने कार्यको अलायन्सले घोर निन्दा गरेको छ ।











