आम सञ्चार माध्यामलाई टिक्न गाह्रो हुने अवस्था आएको छः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताउनुभएको छ । आईतवार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आजबाट शुभारम्भ भएको एनटिभी वल्र्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पु¥याउने विश्वा समेत व्यक्त गर्नुभयो ।











