मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी

संवाददाता
२०८२ कार्तिक २९, शुक्रबार १४:५२

मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैटौँ दिन पनि आन्दोलन जारी राखेका छन् । मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेशसभा सदस्यहरु आज पनि मधेस भवन अगाडी धर्नालाई जारी राखेका हुन् । धर्ना मधेस प्रदेशका पूर्वमन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु सहभागी छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर २४ गते शपथग्रहण गराएपछि ती दलहरु आन्दोलनमा होमिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*