मतदाता नामावली दर्ता प्रक्रियामा देखिएको प्राविधिक समस्या समाधान गर्न नेविसंघद्वारा आयोगको ध्यानाकर्षण

संवाददाता
२०८२ कार्तिक २९, शुक्रबार १४:५४

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रवार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । संघका सभापति शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै युवा मतदातालाई धेरैभन्दा धेरै निर्वाचनमा सहभागि गराउने, मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका प्राविधिक समस्या समाधानको समाधानका लागि आयोगलाई सुझाव दिइएको बताउनु भयो । उहाँले प्रवासमा रहेका नेपाली नागरिकहरुलाई समेत मतदानमा सहभागि गराउने विषयमा भइरहेको प्रगतिबारे जानकारी लिइएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*