गभर्नर पौडेलको आशंकाः कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचि
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचिमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाउनुभएको छ । शुक्रवार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचिमा राखिनु स्वभाविक नभएको बताउनु भयो । उहाँले कालोसूचिमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो की भनेर राष्ट्र बैंकले छलफल थालेको समेत बताउनु भयो । गभर्नर अधिकारीले चेक बाउन्सलाई धेरै नै अपराधिकरण गर्न नहुने बताउनु भयो ।











