मंसिर महिनामै पार्टीको महाधिवेशन प्रक्रिया शुरु गर्न काँग्रेसका २४ केन्द्रिय सदस्यको माग
नेपाली काँग्रेसका केन्द्रिय सदस्य उदय शमशेर जबरासहितका २४ केन्द्रिय सदस्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै शुरु गर्न माग गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै उहाँले सो माग गर्नुभएको हो । १५ औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नविकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य रहेको नेता जबराले बताउनु भयो । उहाँले आफूहरुले काँग्रेसमा यो वा त्यो गुट भनेर नहेरेको बरु काँग्रेसलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताउनु भयो ।











