वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैनः अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ । आईतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो । उहाँले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो । यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताउनु भयो । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उहाँको प्रश्न छ ।











