संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित

संवाददाता
२०८२ मंसिर १, आईतवार १५:४७

भष्टाचार अन्त्य र सुशासनको पक्षमा गत भदौमा मुलुकमा भएको जेन–जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै अर्थतन्त्रसँग जोडिएका दर्जनौँ कानून निर्माण प्रभावित बन्न पुगेको छ । संसद सचिवालयकाअनुसार दुवै संसद्मा उत्पत्ति भएका ३० वटा विधेयकमध्ये करिव एक दर्जन विधेयक अर्थतन्त्रसँग सम्बन्धित थिए । ती विधेयक पूरै निष्कृय अवस्थामा पुगेका हुन् । चासोपूर्वक हेरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधेयक, निकासी पैठारी (नियमन) विधेयक, औद्योगिक सम्पती सम्बन्धि विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धि लगायतका एक दर्जना विधेयक प्रभावित बनेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधेयक २०८१/३/१७ मा समितिमा पठाइएको थियो । अर्थसमितिमा दफाबार छलफलपछि अन्तिम अवस्थामा पुर्याइएको थियो । यो विधेयक निष्कृय अवस्थामा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*