फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस

संवाददाता
२०८२ मंसिर १, आईतवार १५:५७

नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ । आठ वटा शहरमा केन्द्रित फ्रेन्चाइज टोलीले कुल ३२ खेल खेल्नेछन् । क्यानका सचिव पारसले पहिलोपल्ट ऐतिहासिक रूपमा डे नाइट क्रिकेट गर्न लागिएको उल्लेख गर्दै यस आयोजनाका लागि पछिल्लो ६ महिनादेखि क्यान तयारी गरेको बताएका छन् । फ्लड लाइटमा खेलाउनका लागि राम्रो म्यानपावर र ब्याकअप पनि तयार गरिएको क्यानका सचिव पारसले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*