नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा (तस्बिरसहित)

संवाददाता
२०८२ मंसिर १, आईतवार १६:००

नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् । आईतवार दिउँसो पेरिस डाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले नपाली कम्युनिष्ट पार्टीको भावी कार्यक्रम तय गर्नेछ । बैठकले प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको दाहालको सचिवालयले जनाएको छ । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*