वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी

संवाददाता
२०८२ मंसिर २, सोमबार ११:४७

नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गर्नुभएको छ । सोमवार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गर्नुभयो । प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको उहाँको तर्क थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*