सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

संवाददाता
२०८२ मंसिर २, सोमबार ११:५१

सोमवार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ । महसंघकाअनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आईतवार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*