त्रिवी क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदैछ । शहरी विकास मन्त्रालयले त्रिवी क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान) लाई आईतवार हस्तान्तरण ग¥यो । उक्त कार्यक्रममा मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए ।











