३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक

संवाददाता
२०८२ मंसिर ३, मंगलवार १२:११

नेपाल राष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाइ राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३ अर्ब ५३ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिनेछ । वाणिज्य बैंकमा २ अर्ब ८२ करोड, विकास बैंकमा ५२ करोड र वित्त कम्पनीमा १७ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*