मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन

संवाददाता
२०८२ मंसिर ३, मंगलवार १२:१५

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा समर्थकहरु पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरु धर्नामा बसेको हुन् । जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरु धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*