फ्लड लाइटमा क्रिकेट सुरु, डिफेन्डिङ च्याम्पियन जनकपुरको हार
खराब ब्याटिङ गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर रोयल्सले हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण शुरुवात गरेको छ । दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर सोमबार काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट सुरु भए पनि जनकपुरले त्यसलाई यादगार बनाउन सकेन । खराब ब्याटिङ सामना गरेको जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो ।











