मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा
पूर्वसांसद डा. सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताउनुभएको छ । नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अरु क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबइ, सिंगापुर बनिसकेको हुने बताउनु भयो । शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । अब अरु क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उहाँको भनाइ छ ।











