अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छः अर्थमन्त्री खनाल

संवाददाता
२०८२ मंसिर ४, बुधबार १२:४८

अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ । परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताउनु भयो । अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरु हेरफेरमा आफू नलागेको स्पष्ट पार्नुभयो । सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानूनसम्मत तरिकाले आफूहरु अघि बढिरहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*