सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरू

संवाददाता
२०८२ मंसिर ४, बुधबार १२:४९

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलवारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरू गरिएको छ । महिला सशक्तिकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै शुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ । बोर्डको सहकार्यमा नेपाल माउण्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*