बलिङ चल्न नसक्दा कर्णालीको हार

संवाददाता
२०८२ मंसिर ४, बुधबार १२:५२

बलिङमा राम्रो साथ पाउन नसक्दा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण हारबाट शुरु गरेको छ । कीर्तिपुरमा कर्णाली मंगलवार चितवन राइनोजसँग चार विकेटले पराजित भएको हो । त्रिवि क्रिकेट स्टेडियममा कर्णालीले एक सय ६७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य चितवनले १९.१ ओभरमा मात्र ६ विकेटको क्षतिमा पूरा ग¥यो । बलिङमा साथ पाउन नसक्दा कर्णालीले हारबाट दोस्रो सिजनको शुरुवात ग¥यो । अनुभवी ब्याटर रवि बोपाराले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेल्दै चितवनलाई जित दिलाए । ३६ बल खेलेका उनले समान तीन चौका र छक्का प्रहार गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*