नेपाललाई ‘स्पोर्ट टुरिजम’ का रुपमा विकास गर्नुपर्छः विनायक शाह

संवाददाता
२०८२ मंसिर ५, बिहीबार १६:५०

होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको खेलकुद र पर्यटन क्षेत्रमा अभुतपूर्व गतिशीलता थपेको बताउनुभएको छ । गत वर्षबाट शुरु भएको एनपीएल दोस्रो सिजनमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च चासोको विषय बनेको र यसले स्पोट्र्स पर्यटनलाई नयाँ आयाम दिन सकेको बताउनु भयो । अध्यक्ष शाहकाअनुसार एनपीएलले देशभरका दर्शकलाई एक ठाउँमा ल्याएको छ । जसले सामाजिक एकता र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारिरहेको छ । उहाँकाअनुसार पहिले पूर्वाधार नभएकै कारण धेरै योजना सम्भव थिएनन्, तर एकै वर्षमै कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटजस्ता संरचना तयार भएपछि खेल पर्यटनको लागि नयाँ ढोका खुलेको शाहले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*