निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।











