पर्यटन प्रवर्द्धनको रणनीति बनाउन सरोकारवालाहरुसँग छलफल शुरु
नेपालको पाँच वर्षे पर्यटन रणनीति बनाउन सरोकारवालाहरु छलफल शुरु गरेका छन् । बिहीवारबाट काठमाडौंस्थित एक होटलमा नेपाल पर्यटन बोर्ड र युएनडिपीले संयुक्त रुपमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका हुन् । नेपालमा २०१५ देखि पर्यटन रणनीति बन्न नसकेको बताउँदै सरोकारवालाहरु यसअघि पनि युएनडिपीसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धन गरिएको र अब पनि पाँच वर्षे रणनीति बनाउने काममा अग्रसर भएको बताए । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य ऋषि भण्डारीले बोर्डले नेपालको आन्तरिक र वाह्य पर्यटन प्रचार प्रसारका लागि युएनडिपीसँग मिलेर सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटिपी) सञ्चालन गर्दै आएको बताउनु भयो । विगत एक वर्षमा सस्टेनेबल प्रोजेक्टबाट के कति कामहरु भए ? कसरी सहकार्य भएको छ ? यसले कुन ठाउँमा के कस्ता गतिविधि सञ्चालन गरेको छ ? भन्नेबारेमा छलफल शुरु गरेको बताउनु भयो ।











